दफा १२
सदस्य कायम नरहने अवस्था
देहायको अवस्थामा कुनै व्यक्ति समिति वा विद्वत् समितिको सदस्य कायम रहने छैन ः-
(क) दफा ११ मा उल्लिखित कुनै अयोग्यता भएमा,
(ख) सदस्यताबाट राजीनामा गरेमा,
(ग) मुनासिब कारण नभई समिति वा विद्वत्समितिको अनुमति बेगर समिति वा विद्वत् समितिको बैठकमा लगातार तीन पटक अनुपस्थित भएकोमा नेपाल सरकारले हटाएमा,
(घ) दफा ७ को उपदफा (४) र दफा ९ को उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नेपाल सरकारले कुनै सदस्यको सट्टा अरूलाई नै मनोनीत गरेमा ।